धितोपत्र बजारले तोड्यो रेकर्ड, साउनमा मात्रै सरकारले उठायो ४ अर्ब

बुधबार, ०५ भदौ २०८१, ११ : ५०

काठमाडौँ- धितोपत्र बजारले एकपछि अर्को रेकर्ड तोड्दै उचाइ लिइरहेका बेला सरकारले यो बजारबाट प्राप्त गर्ने पूँजीगत लाभकर ह्वात्तै बढेको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महीना साउनमा मात्रै धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर उठाएको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बताएको छ । यो अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ मा संकलित कुल पूँजीगत लाभकरको नजिक छ । आव २०८०/८१ मा धितोपत्र बजारबाट सरकारले ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको तथ्यांक सीडीएससीले उपलब्ध गराएको छ । धितोपत्र कारोबार गर्दा हुने लाभमा लगानीकर्ताले पूँजीगत लाभकर तिर्नुपर्छ जुन आयकरकै एक स्वरूप हो ।   मासिक पूँजीगत लाभकर संकलनमा यसअघिको रेकर्ड पनि यो वर्षको साउनमा भएको संकलनले तोडेको छ । यसअघि २०७८ साल साउनमा सरकारले १ महीनामा सर्वाधिक ३ अर्ब २४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । 

बुधबार, ०५ भदौ २०८१, ११ : ५०

प्रतिक्रिया