सेयर बजारमा सामान्य सुधार, कारोबार रकम कति ?

बुधबार, ०५ भदौ २०८१, १५ : १८

काठमाडौँ- आज (बुधबार) सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार २.११अंकले बढेर २९६८.४४ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा पाँच वटा उपसूचक मात्र हरियाली भएको छ ।

उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी, मल्टिप्रपोज फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६६ करोड २ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै यस दिन एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३६ करोड ८० लाख ६५ हजार रुपैयाँ र सिइडिबी हाइड्रोपावरको ३६ करोड ५३ ला २६ हजार रुपैयाँको कारोबार भएको हो ।

बुधबार, ०५ भदौ २०८१, १५ : १८

प्रतिक्रिया