‘नबिल बैंक’बाट ‘नमस्ते पे’मा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरबड जित्ने मौका

शुक्रबार, ०७ भदौ २०८१, २१ : २९

काठमाडौँ- नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरबड जित्ने नयाँ अफर सुरु गरेको छ। 

प्रयोगकर्ताहरूले शुक्रबारदेखि यही भदौ २१ गतेसम्म आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड जित्न सक्ने ‘नमस्ते पे’ले जनाएको छ।

साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्मार्ट वाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले इयरपड जित्न सक्नेछन्। यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एपबाट नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरी अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्ने ‘नमस्ते पे’को भनाइ छ।

शुक्रबार, ०७ भदौ २०८१, २१ : २९

प्रतिक्रिया