काठमाडाैं- अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। आज भदौ ७ गते बसेको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांशको घोषणा गरेको हो।
कम्पनीले नेपाल स्टक मार्फत दिएको जानकारीअनुसार गत आर्थिक वर्षको कमाईबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव संचालक समितिबाट पारित भएको छ।
यससंगै अपि पावर कम्पनी गत आर्थिक वर्षको कमाईबाट लाभांश प्रस्ताव गर्ने पहिलो कम्पनी बनेको छ। उक्त प्रस्ताव हाइड्रोको नियामक बिद्युत नियमन आयोग र कम्पनीको आगामी बार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कम्पनीका शेयरधनीहरुमा लाभांश वितरण हुनेछ।
प्रतिक्रिया