काठमाडाैं- साताभरि नेप्से परिसूचक २६ दशमलव ३५ अंकले घटेको छ । विहीबारको कारोबारसम्म आइपुग्दा २ हजार ९७४.४६ मा बन्द भएको थियाे। सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले यो साता तीन दिन शेयर कारोबार भएको हो ।
अघिल्लो साता ८ दशमलव ४७ प्रतिशत बढेर ३ हजार ८१ मा बन्द भएको थियो ।
कारोबार रकम घट्यो
तीन मात्र कारोबार भएको हुँदा यो साता कारोबार ४७ प्रतिशतले घटेको छ । अघिल्लो साता पाँचदिनमा १ खर्ब २७ अर्बको रुपैयाँको कारोबार भएको थियाे भने यो साता ६६ अर्ब ९० करोड रुपैंयाँको कारोबार भएको छ । बजार पूँजी करण ४१ अर्बले घटेको छ । अघिल्लो साताको तुलनामा सामान्य घटेको छ । अघिल्लो साता ४७ खर्ब ६५ अर्ब पुगेकोमा यो साता ४७खर्ब २४ अर्बमा आइपुगेको छ । सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी र अपि पावर कम्पनी रहेको छ । कम्पनीको १ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ भने अपी पावर कम्पनीको १ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।
यो साता करोबारमा आउने गरेका १३ वटा समूहको सूचकमध्ये ६ वटा उपसमूहको सूचक बढेको छ भने ७ वटामा उपसमूहको सूचक घटेको छ ।र
फाइनान्स समूहको सूचक ३.२९ प्रतिशतले बढेको छ भने विकास बैंक समूह २.९० प्रतिशतले बढेको छ । त्यस्तै वाणिज्य बैंक समूह १.६२ प्रतिशतले हरियो भएको छ । ट्रेडिङ उपसमूह, निर्जीवन बीमा, हाइड्रो पावर, उत्पादन मूलुक, लगायत उपसमूह ४ प्रतिशतसम्मले घटेको छ ।
त्यस्तै सबैभन्दा धेरै गुमाउने कम्पनीमा मातृभूमी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले तीनपटकको कारोबारीमा २१७ रुपैयाँ गुमाएको छ । बजार खुल्दा कम्पनीको पहिलो कारोबारी मूल्य १४८२ रुपैयाँबाट घटेर १४ सय ६५ मा झरेको हो ।बेस्सरी नाफा भएकाहरुले त्यसलाई बुक गरेर बस्दा कारोबार रकममा केही सुस्तता छाएको अनुमान गरिएको छ । नाफा बुक गरेकाहरु ‘पर्ख र हेर’ को अवस्थामा बस्दा कारोबार रकममा पनि केही गिरावट आएको देखिन्छ ।
अल्पकालका लागि नेप्सेमा केही दबाब आए पनि समग्रमा भने बजारको गन्तव्य माथितिरकै हुने अनुमानहरु भइरहेका छन् । निरन्तर घट्दोक्रममा रहेको बैंक ब्याजदर र अधिक तरलताले सेयर बजारलाई सपोर्ट गरिरहेको छ । यस्तै, नीतिगत सहजता पनि हुन थालेको छ । सरकार सेयर बजारप्रति सकारात्मक रहेको छ । यी कारणहरुले बजारले आफ्नो नियमित करेक्सनका विन्दुहरु पार गरे पनि पुनः सकारात्मक लयमै फर्किने अनुमानहरु भइरहेका छन् ।
प्रतिक्रिया