एकमहिना ६० हजार नेपाली छोडे नेपाल

काठमाडाैं-  चालु आर्थिक वर्ष २०८० \०८१ को पहिलो महिना साउनमा विदेशिने नेपाली श्रमिकको संख्या केही  बढेको छ ।  आवको साउन महिनामा मात्र ५९  हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक  वर्षको साउन महिनामा  ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आव २०८१\०८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।  साउनमा २५ हजार ५९७ जनाले  संस्थागत रूपमा श्रम स्वकृति लिएका छन् भने  १० हजार ७५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् । साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया