गायिका विष्णु माझीको तीज गीत सार्वजनिक

शनिबार, ०८ भदौ २०८१, ११ : ४३

काठमाडौँ - गायिका विष्णु माझीको  तीज गीत  सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक 'आइनँ आमा...' बोलको गीतमा माझीको एकल स्वर छ। 

'पुतलीको भट्टी-भाग २०' अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् । 

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्। 'पुतलीको भट्टी-भाग २०' पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ। 

शनिबार, ०८ भदौ २०८१, ११ : ४३

प्रतिक्रिया