कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता

आइतबार, ०९ भदौ २०८१, १२ : २०

काठमाडौं- कुमारी बैंक लिमिटेड र बाँसबारी स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाटप्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । 

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरू लिए बापत कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकका ग्राहकहरूलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निःशुल्क रूपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

आइतबार, ०९ भदौ २०८१, १२ : २०

प्रतिक्रिया