काठमाडौँ - गोरक्ष हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको एजेण्डासहित दुई आवको साधारण सभा एकैपटक बोलाएको हो । सभा होटल इन्पेरियल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९\८० र २०८०\८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड र जारी पुँजी १ अब ३० करोड पुर्याउने प्रस्ताव पेश हुनेछ ।
प्रतिक्रिया