ताजा समाचार

सेयर बजार १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा  कायम

मंगलबार, ११ भदौ २०८१, १५ : १४

काठमाडौँ - आज सेयर बजार १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा भारी गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ ।आज कम्पनीको ६५ करोड ४२ लाख ९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ५१ करोड ७५ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख ५२ हजार रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ५५ लाख ८९ हजार रुपैयाँ निफ्राको ३३ करोड ४६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा उच्च गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सकरात्मक कारोबार हुने कम्पनी

सेयर बजारमा उच्च अंकको गिरावट आउँदा पनि उक्त दिन तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त, दोल्ती पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

मंगलबार, ११ भदौ २०८१, १५ : १४

प्रतिक्रिया