ताजा समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम कति ?

विहीबार, १३ भदौ २०८१, १५ : २३

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । यसदिन बजार ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीहरुको सेयर मूल्य घट्यो

बजारमा गिरावट आउँदा थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपाल लघुवित्तको ५.४ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ५.०८ प्रतिशत, नाडेप लघुवित्तको ४.७८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ४.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यि कम्पनीमा झुम्मीए लगानीकर्ता 
सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३७ करोड ६५ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ३६ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख १३ हजार रुपैयाँ, नेपाल फाइनान्सको ३४ करोड ३ लाख ८० हजार रुपैयाँ, राधि विद्युत कम्पनीको ३१ करोड ९४ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।

विहीबार, १३ भदौ २०८१, १५ : २३

प्रतिक्रिया