ताजा समाचार

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

शुक्रबार, १४ भदौ २०८१, १४ : ०३

काठमाडौँ - नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । इच्छुक खरिदकर्ताहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय बनेपा- ८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले आठ जना शेयरधनीहरूको नाममा रहेको यी शेयर बिक्री गर्न लागेको हो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

शुक्रबार, १४ भदौ २०८१, १४ : ०३

प्रतिक्रिया