८.२५ प्रतिशत लाभांश सहित अग्राधिकार सेयर जारी गर्दै एनएमबी बैंक

आइतबार, १६ भदौ २०८१, १२ : २५

काठमाडौँ- एनएमबी बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड इकाइ सेयर सहित  ८.२५ प्रतिशत लाभांश जारी गर्ने भएको हो।

अविमोच्य सेयर जारीका लागि बैंकले राष्ट्र बैंकबाट यसअघि नै स्वीकृति पाइसकेको थियो। स्वीकृतिपछि बैंकको शुक्रबार बसेको ४७३औँ सञ्चालक समितिको बैठकबाट अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो।

आइतबार, १६ भदौ २०८१, १२ : २५

प्रतिक्रिया