काठमाडौँ - साताको पहिलो कारोबार दिन सेयर बजार ५३.६५ अंकले घटेर २६९५.९३ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।
बजारमा गिरावट आउँदा पिपुल्स हाइड्रोपावर, माइ खोला हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
आज सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५२ करोड ३१ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन नेपाल फाइनान्सको ३३ करोड ३४ लाख १३ हजार रुपैयाँ, अपी पावर कम्पनीको २६ करोड ७३ लाख १८ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९० लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया