काठमाडौँ सेयर बजार सोमबार भने १२७ अंक बढेर २८२३ अंकमा उक्लिएको छ । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजारमा सोमबार पुनः हरियाली छाएको हो ।
सेयरसँगै सोमबार कारोबार रकम पनि बढेको छ । आइतबार १० अर्ब ५१ करोडको कारोबार भएकोमा सोमबार १३ अर्ब १० करोडको कारोबार भयो ।
आज सबै क्षेत्रका सूचक बढ्दा सबैभन्दा धेरै फाइनान्स समूहका सूचक बढेका छन् । बैंकिङ ४।७३, विकास बैंक ४।९९, फाइनान्स ७।९४, होटल तथा पर्यटन ४।९२, हाइड्रोपावर ५।३६, लगानी ५।४५, जीवन बीमा ४।६९ प्रतिशत बढे ।
प्रतिक्रिया