ताजा समाचार

सिंगटी हाइड्रो इनर्जीको साधारण सेयर जारी गर्ने

मंगलबार, १८ भदौ २०८१, १२ : ४८

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । 

आफ्नो जारी पुँजी रु. ५५ करोडको २० प्रतिशत अर्थात् रु.१०० अङ्कित दरको ११,००,००० कित्ता शेयर सर्वसाधारणहरूमा जारी गर्न लागिएको कम्पनीले जनाएको छ । 

त्यसकालागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।  जसअनुसार कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि र बाँकी १० प्रतिशत अर्थात् ५,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई जारी गर्ने जनाएको छ । 

शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

मंगलबार, १८ भदौ २०८१, १२ : ४८

प्रतिक्रिया