सिटिजन्स बैंकका ग्राहकलाई सुबिसु केबल नेटमा छुट

मंगलबार, १८ भदौ २०८१, १५ : ४१

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेट बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकहरूले ३०० एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५५ साथै २०० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा  ५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूले https://campaign.subisu.net.np/citizen-bank लिङ्क प्रयोग गरेर दर्ता गर्नुपर्नेछ ।

मंगलबार, १८ भदौ २०८१, १५ : ४१

प्रतिक्रिया