काठमाडौँ - पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ ।
कम्पनीले आगामी असोज ९ गते एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौंमा बिहान १० बजे वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
प्रतिक्रिया