नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले १ जना संस्थापक सेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको सेयर शाखा लाजिम्पाटमा के-कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

१ हप्ता अगाडि

प्रतिक्रिया