काठमाडौँ - साताको चौथो कारोबार दिन सेयर बजार ९०.७३ अंकले घटेर २७३९.४६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
सेयर बजारमा गिरावट आउँदा पनि उक्त दिन एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त, इस्टर्न हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ५२ लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको २९ करोड ८० लाख ८२ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख ८७ हजार रुपैयाँ, सानिमा रिलायन्स इन्स्योरेन्सको २८ करोड २२ लाख १ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया