जिडिपी नजिक पुगेको बजार पूँजीकरणमा किन आयो गिरावट ?

शेयर लगानीकर्ता ८ दिनमै गुमाए ३ खर्ब ७३ अर्ब सम्पति

काठमाडाैं- पछिल्लो दुई सातादेखि शेयर बजारमा आइरहेको उत्तार चढाबले शेयर लगानीकर्ताकोहरुको कुल सम्पतीमा गिरावट आएको छ । शेयर बजार उच्च अंकले बढ्दा हालसम्मकै उच्च पूँजीकरण ४७ खर्ब २४ अर्ब सम्म पुगेको थियो । यो भनेको झण्डै नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) नजिक पुगेको थियो । 

सेयर बजारको आकार अहिले अर्थतन्त्रको आकार जिडिपी (कुल गार्हस्थ्य उत्पादन)को ८७ प्रतिशतसम्म पुगेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयअनुसार देशको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब चार अर्ब ८४ करोड रुपैयाँ छ । हाल बजार पूँजीकरण ४३ खर्ब ५० अर्बमा सिमिति भएको छ । पछिल्लो समय शेयर बजार सुस्ताएको छ । यसले लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा पुगेका छन् । शेयर बजार छोटो समयमै तीन हजार विन्दुमा विना ठुलो करेक्सन विना उक्लिएको थियो ।

यो दुई सातामा शेयर बजार २ सय ३५ अंकले घटेको छ । औसत १४ खर्ब ३१ अर्ब रुपैयाँको कारोबार भएको छ ।  अघिल्ला साताहरुमा औसत २२ अर्ब माथिको कारोबार भएको थियो ।लगानीकर्ता घनश्याम पाण्डेले बैंकको वेशरेट घटेको र कर्जा सिंगल डिजिटमा हुने हुँदा आत्तिहाल्न्ुपर्ने अबस्था नभएको  बताउँछन् । उनले भने, ‘ अहिले लगानीकर्ताहरु विस्तारै नाफा बुक गर्दै छन्, संस्थापक लगानीकर्ताहरु बजार प्रवेशपछि पुन बजारले पिकअप लिन्छ ।’


 

१ हप्ता अगाडि

प्रतिक्रिया