काठमाडौँ - बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ‘लक इन’अवधि ३० दिनपछि सकिने भएको छ ।
कम्पनीका प्रवद्र्धक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीले वितरण गरेर शेयरको लक इन अवधि असोज २१ गतेबाट खुल्ने भएको कम्पनीले बताएको छ । कम्पनीले २०७८ साल असोज २२ गते उक्त शेयर जारी गरेको थियो ।
जसमा संस्थापकको २८ लाख कित्ता, स्थानीयको ४ लाख कित्ता र कर्मचारीको १६ हजार कित्ताको लक इन अवधि खुला हुने भएको हो । यो समाचार तयार पर्दासम्म उक्त कम्पनीको शेयर प्रतिकित्ता ५४० रुपैयाँ भन्दा बढी मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया