काठमाडौं- यो साता नेप्से परिसूचक २२ दशमलव २१ अंक (०.८१%) घटेर २ हजार ७२७.३६ मा बन्द भएको छ । गत साताको तुलनामा नेप्से परिसूचक ७.५६ प्रतिशतले घटेर २ हजार ७४९.५७ मा बन्द भएको छ । यो साता परिसूचक २ हजार ८६० दशमलव ४३ अंकले उच्च र २ हजार ६ सय ७८ दशमलव ९१ बिन्दुमा पुगेर १८१ दशमलव ५२ अंकको अस्थिरता देखाएको छ । अघिल्लो साता परिसूचकले २६२ दशमलव ४७ अंकको अस्थिरता देखाएको थियो ।
बुधबार सबैभन्दा बढी ९० दशमलव ७० बिन्दुले घटेर १२.९२ अर्ब रुपैयाँको कारोबार भए पनि यो साता कुल कारोबार रु ५९.७७ अर्ब रहेको छ । यो साता कारोबार रकम पनि करिब ७.१२ प्रतिशतले घटेको छ । अघिल्लो साता ६४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो भने यो साता ५९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । जसले दैनिक औसत कारोबार रकम पनि करिब २५ प्रतिशतले गिरावट आएको छ । १६ अर्ब दैनिक औसत कारोबारमा ११ अर्ब ९५ करोड रुपैयाँको कारोबा।र भएको छ ।
४ उपसमूहको सूचकमा सुधार
यो साता कारोबारमा आउने १३ वटा समूहको सूचकमध्ये ४ वटा समूहको सूचकमा मात्र हरियाली बनेको छ । जसमा विकास बैंक उपसमूह, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स उपसमूह, निर्जीवन बीमा समूहको सूचकमा सुधार आएको हो । यी उपसमूहको सूचक ५.०३ प्रतिशतदेखि ०.८२ प्रतिशतसम्म रहेको छ । यो साता सर्वाधिक नाफा कमाउने कम्पनीमा वेन नेपाल लघुवित्त वित्तीय संस्थाले ३५.७७ प्रतिशत नाफा आर्जन गरेको छ । त्यस्तै, दोस्रो नाफा कमाउने कम्पनीमा इष्ट्रर्न हाइड्रो पावर कम्पनीको २७.९६ प्रतिशतले नाफा आर्जन गरेको छ । सर्वाधिक नोक्सान हुने कम्पनीमा नेपाल फाइनान्स कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य २०.८९ प्रतिशतले घटेको छ । त्यस्तै, माइखोला हाइड्रो पावर कम्पनीको २०.५९ प्रतिशतले नोक्सान बेर्होन परेको छ ।
विश्लेषणः
पछिल्लो समय शेयर बजारमा उच्च अंकको गिरावट आउने र उच्चै अंकले घट्ने भइरहेको छ । छोटो समयमै शेयर बजार उच्च अंकले बढ्दा लगानीकर्ताहरु नाफा बुक गर्न तर्फ केन्द्रित भइरहेको छ । कतिपय शेयर खेलाडीहरुले बजार अब बेयरिसतर्फ उन्मुख हुन थालेको समेत बताउन थालेका छन् । यद्यपी बजारले छोटो समयमै ठूलो अंकको फड्को मारेको हुँदा यसलाई करेक्सनको रुपमा पनि लिन सकिन्छ । यसबीचमा नेप्से सूचकले ३ हजार विन्दुको परीक्षण समेत गरेको छ । तर, अहिले दुई सातामै नेप्से सूचक २६ सय भन्दा सम्म ओर्लिएको रेखामा देख्न सकिन्छ । यस रेखाले अझै बजार घट्ने संकेत गरेको हो कि भन्ने अनुमान पनि लगाउन सकिन्छ । कारोबार रक पनि घट्दो क्रममा रहेकोले बजार तल घटेर ठूलो पूँजीसहित बजार प्रवेशगर्ने पनि हुन सक्ने कतिपयको विश्लेषण छ ।
प्रतिक्रिया