चलचित्र ‘१२ गाउँको’ गीत ‘सिनेमा हेर्न जाऊँ’ सार्वजनिक

शनिबार, २२ भदौ २०८१, १६ : २२

काठमाडौँ - अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’को गीत ‘सिनेमा हेर्न जाऊँ’ सार्वजनिक भएको छ । 

दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको गीत ‘सिनेमा हेर्न जाऊँ’ आज शनिवार दिउँसो सार्वजनिक भएको हो ।सार्वजनिक गीतमा फिल्मका डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनू चन्द्रपालको रोमान्स र दमदार नृत्य देख्न सकिन्छ । यस गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत रहेको छ भने भारतीय गायक नाकाश अजिजको स्वर छ । गीतका कोरियोग्राफर भने सुनिल क्षेत्री हुन् ।

फिल्ममा समीरका साथै विराज भट्ट पनि मुख्य भूमिकामा छन् । पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दिया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि फिल्ममा अभिनय छ ।

फिल्ममा साउथका स्टन्ट सिल्भाले द्वन्द्व निर्देशन गरेका छन् । उनलाई शंकर महर्जनले सघाएका छन् । महेश पौडेलले फिल्मको छायांकन गरेका हुन् ।

 

शनिबार, २२ भदौ २०८१, १६ : २२

प्रतिक्रिया