ताजा समाचार

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

आइतबार, २३ भदौ २०८१, १२ : १७

काठमाडौँ - कालिका लघुवित्त वित्तीय संस्थाले ६ हजार ३८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक तीन जना सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका अनुसार मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता, रमेश तिवारीको १ हजार २५४ कित्ता र मोति प्रसाद पौडेको १ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

 उक्त सेयर संस्थाका संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि उक्त सेयर ३५ दिनभित्र संस्थापकले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

आइतबार, २३ भदौ २०८१, १२ : १७

प्रतिक्रिया