काठमाडौँ - नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ ।
प्रहरीको पीडा र भावना मुखरित गीतमा दीपक शर्माले सङ्गीत दिएका छन् । गीतमा राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर छ । गीतको भिडियोमा कलाकार रमेश उप्रेती, प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिसा पौडेल प्रहरीको भूमिकामा देखिएका छन् ।
गीतको भिडियो निर्देशक गम्भीर बिष्टले गरेका हुन् । गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ । श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन छ ।
प्रतिक्रिया