ताजा समाचार

सेयर बजार २५.४६ अंकले गिरावट

आइतबार, २३ भदौ २०८१, १५ : १४

काठमाडौँ - साताको पहिलो कारोबार दिन सेयर बजार २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा कायम भएको छ ।

आज ३२८ कम्पीको २ करोड २१ लाख ५१ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५ करोड ९३ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन १० उपसूचक राताम्य भएका छन् । 

यस दिन बैंकिङ समूहको १.५८ प्रतिशत, विकास बैंक समूहको २.०७ प्रतिशत, फाइनान्स समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४१ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज महुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड शोलु हाइड्रोपावर र मनकामना इन्जिनिरिङको शेयरमा सर्किट लागेको हो । यसदिन ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ ।

त्यस्तै, हाईड्रो इलेक्टिसिटि, ग्रिन लाइफ, गुडबिल फाइनान्स, एनएलजी इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन रि, नेपाल फाइनान्स, निफ्रा र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।

आइतबार, २३ भदौ २०८१, १५ : १४

प्रतिक्रिया