परशुराम पाण्डेको “सधैं हामीलाई हतार” नामक भजन सार्वजानिक

सोमबार, २४ भदौ २०८१, १० : २८

काठमाडौँ- धार्मिक प्रवक्ता एवं गायक तथा संगीतकार परशुराम पाण्डेयको नेपाली रोइला भजन “सधैं हामीलाई हतार” नामक सार्वजानिक भएको छ । 

आफ्नो सामाजिक संजाल यु ट्युब च्यानल द्यजबवबल म्ष्बचथ – भजन डायरी  मार्फत आफ्ना दर्शक तथा श्रोता सामु ल्याउनु भएको यस भजनमा स्वर संगीत एवं लय पाण्डेय स्वयंको रहेको छ भने पवित्रा घिमिरे, रामहरी सुबेदी, शंकर पाण्डे, आशिस सुबेदी लगायत कलाकारले उहाँलाई साथ दिनु भएको छ । 

गत साता मात्रै “आहा कति मिठो धुन” नामक श्री कृष्ण भजन ल्याउनु भएका पाण्डेयले यसै महिना झोलुङ्गोमा कृष्णलाई सुताईन र  “पाप कर्म गर्न हुन्न” बोलका भजन दर्शक श्रोता माझ   ल्याउनु भएको थियो । 

सनातन संस्कृती संरक्षण अभियानका अभियन्ता विलक्षण प्रतिभाका धनी गुरु परशुराम पाण्डेय भक्ति संगीतका अलावा धार्मिक प्रवचन, सत्संग, योग, बिपासना लगायत विधामा पारङ्गत हुनुहुन्छ ।

सोमबार, २४ भदौ २०८१, १० : २८

प्रतिक्रिया