ताजा समाचार

सन नेपाल लाइफद्वारा कर्मचारीलाई पुनः आरक्षित सेयर बाँडफाँट

सोमबार, २४ भदौ २०८१, १२ : ००

काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीलाई पुनः आइपिओको सेयर बाँडफाँट गर्ने भएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्यालले कर्मचारीको कोटाको आइपिओ लिएको पाइएपछि फेरि बाँडफाँट गर्न लागिएको हो। धितोपत्र बोर्ड र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानले सिइओ अर्यालको बदमासी खुलेको थियो।

सिआइबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार सन् नेपाल कर्मचारीको आरक्षित सेयर बाँडफाँटमा कैफियत भएको स्वीकार भएकाले अब पुनः बाँडफाँट गर्ने प्रक्रिया अघि बढाएको जानकारी पत्र प्राप्त भएको छ। तर, सिइओ अर्यालले कर्मचारीतर्फको आरक्षित सेयरमध्ये ८० प्रतिशत आफूले लिएको पाइएको हो।  उनले २० प्रतिशत सेयर मात्र कर्मचारीलाई बाँडफाँट गरी ३ लाख ८४ हजार कित्ता आफ्नो नाममा राखेका थिए।

सन नेपालले ९६ लाख कित्ता सेयरमध्ये ४ लाख ८० हजार कित्ता कर्मचारीका लागि छुट्ट्याउने निर्णय गरेर ०८० साउन ३२ मा आइपिओ जारी गरेको थियो। सर्वसाधारणमा प्रतिकित्ता १०० मा प्रिमियम बापत १३९ रुपैयाँ थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा विक्री गरिएको थियो भने कर्मचारीले प्रतिकित्ता १०० रुपैयाँका दरले पाएका थिए। 
 

सोमबार, २४ भदौ २०८१, १२ : ००

प्रतिक्रिया