गायक सविन श्रेष्ठको नयाँ गीत ‘माया’ सावर्जनिक

सोमबार, २४ भदौ २०८१, १३ : ०९

काठमाडौँ - गायक सविन श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘माया’ सावर्जनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि उनी स्वयंको छ ।

प्रेमिल गीतले प्रेम, समर्पण, कल्पना र वियोग प्रस्तुत गरेको छ । सँगै गीतले एक्लो जिन्दगीको कथा भन्ने प्रयास गरेको छ । दुर्घटनामा परेपछि आफूले माया गरेको मान्छेलाई गुमाएपछि एक्लो जीवन र संघर्षशील कथा गीतमा छ ।  

गीतको भिडियो पनि निर्माण गरिएको छ । संकल्प भुजेलले खिचेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । भिडियोमा विकेश श्रेष्ठ र प्रविना वाइबाको अभिनय छ ।  भिडियोका निर्देशन दिमेश श्रेष्ठले गरेका हुन्  ।

https://youtu.be/tYJWxyz78Hw?si=gw3r_Z9PTTXSvWVy

सोमबार, २४ भदौ २०८१, १३ : ०९

प्रतिक्रिया