अक्षयकुमारले जन्मदिनमा सार्वजनिक गरे नयाँ फिल्म ‘भूत बङ्गला’को फर्स्ट लूक

सोमबार, २४ भदौ २०८१, १३ : ४३

काठमाडौँ - बलिउड अभिनेता अक्षयकुमारले ५६औं जन्मदिनको अवसर पारी आगामी फिल्म ‘भूत बङ्गला’ को पहिलो झलक सार्वजनिक गरेका छन् ।

निर्देशकसँग मिलेर अक्षयले हरर्–कमेडी फिल्म ‘भूत बङ्गला’ ल्याउँदैछन् । उनको यस फिल्मको पहिलो मोशन पोस्टरलाई दर्शकले मन पराएका छन् ।

उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्म ‘भूत बङ्गला’ को पहिलो झलक साझा गर्दै लेखेका छन्, ‘वर्षौँदेखि मेरो जन्मदिनमा तपाईंहरूको माया र समर्थनको लागि धन्यवाद १ यस वर्षको उत्सव ‘भूत बङ्गला’ को पहिलो झलकको साथमा । म १४ वर्षपछि प्रियदर्शनसँग फेरि जोडिन पाउँदा अत्यन्त उत्साहित छु । यो सहकार्यको सपना धेरै समयदेखि पेंडिङ थियो । म यो यात्रा तपाईंहरूसँग साझा गर्न बेस्सरी प्रतीक्षारत छु ।’

‘भूत बङ्गला’ एक हरर् कमेडी हो, जसको २०२५ मा रिलिज हुने अपेक्षा गरिएको छ । यसको सुटिङ चाँडै सुरु हुनेछ ।


 

सोमबार, २४ भदौ २०८१, १३ : ४३

प्रतिक्रिया