ताजा समाचार

बेष्ट फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

सोमबार, २४ भदौ २०८१, १६ : १४

काठमाडौँ - सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीको ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता हकप्रद शेयर  सूचीकृत भएको हो । अब यो शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

कम्पनीले यसअघि हकप्रद शेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक शेयर बाँडफाँट भएर बाँकी रहेको ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता संस्थापक शेयर असार ४ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही शेयर कम्पनीले सूचीकृत गराएको हो । 
 

सोमबार, २४ भदौ २०८१, १६ : १४

प्रतिक्रिया