ताजा समाचार

असोज ११ गते मुक्तिनाथ क्यापिटलको १५औँ वार्षिक साधारणसभा

सोमबार, २४ भदौ २०८१, १६ : ५२

काठमाडौँ - मुक्तिनाथ क्यापिटल लिमिटेडले आगामी असोज ११ गते १५औँ वार्षिक साधारण सभा गर्ने भएको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा काठमाडौँको बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा गर्ने निर्णय गरेको हो । सभा अपराह्न ४ बजे शुरु हुने कम्पनीले जनाएको छ । 

सभाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले ७।५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले नियमावलीको नियम ३२ ९ख० संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सोमबार, २४ भदौ २०८१, १६ : ५२

प्रतिक्रिया