चेक बाउन्सका मुद्दा अब सरकारले नै लडिदिने

मंगलबार, २५ भदौ २०८१, १० : ३४

काठमाडौँ — आर्थिक मन्दी वा अन्य जुनसुकै कारणले पनि चेक बाउन्सका मुद्धाहरु दिनानुदिन बढ्दै गएका छन् । चेक बाउन्समा सरकारले अबदेखि नयाँ कानुन बनाएको छ । जस अनुसारचेक बाउन्ससँग सम्बन्धित सबै मुद्दा अबदेखि सरकारीवादी हुने भएका छन् । अहिले चेक अनादर (चेक बाउन्स) सँग सम्बन्धित केही मुद्दा सरकारवादी र केही फौजदारी रूपमा चल्दै आएका थिए । ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ लाई संशोधन गर्न बनेको विधेयक, ०८०’ प्रस्तावित विधेयकमा परेको संशोधन गर्दै संसद्को अर्थ समितिले चेक बाउन्ससँग सम्बन्धी सबै मुद्दा सरकारीवादी हुने बनाइएको सभापति सन्तोष चालिसेले बताए । 

‘अब चेक बाउन्सका मुद्दा सरकारवादी मात्र हुन्छन्,’ उनले भने, ‘फैजदारी हुँदैनन् ।’ सरकारवादी मुद्दामा सरकारी वकिलले नै मुद्दा लडिदिन्छ । ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ लाई संशोधन गर्न बनेको विधेयक, ०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको सोमबार बसेको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका विषय संशोधनसहित पारित गरिएको समितिका सभापति चालिसेले जानकारी दिए ।


 

मंगलबार, २५ भदौ २०८१, १० : ३४

प्रतिक्रिया