रोकियो सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरण

बुधबार, २६ भदौ २०८१, १२ : ०४

काठमाडौँ- सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरण रोकिएको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनपछि प्रतिफल वितरण रोकिएको हो। सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापटिल लिमिटेड योजना व्यवस्थापक रही म्युचुअल फन्डअन्तर्गत सानिमा लार्ज क्याप फन्ड सञ्चालनमा छ।  सोही फन्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डको १० प्रतिशत प्रतिफल वितरण गर्ने कम्पनी योजना रोक्न बोर्डले निर्देशन दिएको हो।निर्देशनलगत्तै सानिमा क्यापिटलले तत्काललाई प्रतिफल वितरणको सम्पूर्ण प्रक्रिया रोकिएको जनाएको छ। 

बुधबार, २६ भदौ २०८१, १२ : ०४

प्रतिक्रिया