ताजा समाचार

गरिमा क्यापिटलद्वारा सरकारी कर्मचारीका लागि निःशुल्क लगानी व्यवस्थापन सेवा

विहीबार, २७ भदौ २०८१, १२ : १८

काठमाडौँ - गरिमा क्यापिटलले सरकारी कर्मचारीहरुको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने योजना ल्याएकोे छ ।  

देशैभरिका सबै सरकारी कार्यालयहरुमा सेयर कारोबार गर्ने प्रणाली टीएमएस कार्यालयमा चलाउन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी सेयर बजारमा लगानी गर्ने ? कसरी सेयर कारोबार गर्ने ? भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई ध्यानमा  राखेर  सरकारी कर्मचारीहरुका लागि कम्पनीले लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’ सञ्चालनमा ल्याएको बताएको छ ।  

यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावानालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको उल्लेख गरेको छ ।  

 यो योजनाअन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकमरु ३ लाख (नगद वा शेयर वा दुबै) बाट लगानी गर्न सक्नेछन् । यसमा वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्न ‘सित्तैमा’योजना छ । कम्पनीले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशतसम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको छ ।  

यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गहरुले सिधै कम्पनीमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सक्नेछन् ।  

विहीबार, २७ भदौ २०८१, १२ : १८

प्रतिक्रिया