नबिल स्टक डिलरले आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने

शुक्रबार, २८ भदौ २०८१, ०९ : १८

काठमाडौं- नबिल स्टक डिलर लिमिटेडको साधारणसभा असोज २० गते बस्ने भएको छ । 

भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकअनुसार सभा दरबारमार्गस्थित रजिष्टर्ड कार्यालयमा बस्नेछ । 

सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै वार्षिक र लेखापरीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरण छलफल गरी स्वीकृत गर्नेछ । चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ । त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रवधानमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष एजेन्डा सभामा प्रस्तुत हुनेछ । 

शुक्रबार, २८ भदौ २०८१, ०९ : १८

प्रतिक्रिया