ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा

काठमाडौँ - ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा गरेको छ । 

कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो । क्यापिटलको आज बसेको सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले हुन आउँने ५ करोड १२ लाख रुपैयाँ वितरण गर्ने घोषणा गरेको हो ।

साथै ग्लोबल आइएमई क्यापिटलले सो फण्डको गत आर्थिक वर्षको लेखापरिक्षण समेत गरीसकेको जनाएको छ ।

 

३ हप्ता अगाडि

प्रतिक्रिया