चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

शुक्रबार, २८ भदौ २०८१, १३ : १८

काठमाडौंँ - आजबाट फिल्म ‘शाम्बाला’ प्रदर्शनमा आएको छ । थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सहभागी फिल्म फ्राइडे रिलिज परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएको हो । 

मीनबहादुर भाम निर्देशित फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । फिल्मले हलमा शो समेत राम्रो पाएको छ । फिल्मको आइतबार काठमाडौँमा प्रिमियर पनि भएको थियो । जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यप समेत सहभागी थिए ।

‘शाम्बाला’ले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा फिल्ममा विषयवस्तुको रूपमा उठाएको छ । ३ जना दाजुभाइसँग विवाह गरेकी युवती गर्भवती भएको थाहा पाएपछि उनी ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमानलाई खोज्न दोस्रो श्रीमानसँग यात्रामा जाने कथामा निर्माण भएको छ । 
फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, कर्मा शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले प्रदर्शनमा ल्याएको हो । फिल्म नेपालबाट अस्कर अवार्डका लागि समेत सिफारिस भएको छ ।

शुक्रबार, २८ भदौ २०८१, १३ : १८

प्रतिक्रिया