कामना सेवा विकास बैंकको लाभाशं घोषणा

काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । 

७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो । उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।

यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । कामना सेवा विकास बैंक आ.व.२०८०।८१ को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिशेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो । 

बैंकको शुक्रवार वसेको संचालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । 
 

३ हप्ता अगाडि

प्रतिक्रिया