काठमाडौँ - न्यून रोजगारी वृद्धिदर र स्वदेशी बजारले श्रम शक्ति खपत नगर्दा दिनहुँ करिब २ हजार अर्थात् महिनामा करिब ६० हजार युवा वैदेशिक रोजगारीका लागि देश छाड्न बाध्य छन् ।
नेपालको बेरोजगारी स्थिति दक्षिण एसियामै सबैभन्दा उच्च छ । व्यक्तिको योग्यता अनुसारको एउटा सपनाको जागिर खोज्ने र आफ्नो परिवार तथा आफ्नै लागि आरामदायी जीवनको सुरक्षा गर्ने सपना हुन्छ । यो लगभग सबै व्यक्तिको साझा ‘सपना’ पनि हो । तर, सबै नेपाली युवाले आफ्नो सपनाको जागिर वा आफ्नो मातृभूमिमा राम्रो तलब भएको जागिर पाउँदैनन् ।
रोजगारीका अवसरहरूको खोजीमा कतै टाढा देश छोड्न बाध्य छन् वा आफ्नो योग्यतामा योग्य नभएको र कम तलब भएका रोजगारहरू स्वीकार गर्न बाध्य छन् ।
चालु आव २०८०\८१ को वैशाख मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ९ हजार ७०५ जना गएका छन् । गत आर्थिक वर्ष २०७९\८० मा रोजगारीका लागि विदेश जानेको सङ्ख्या सात लाख थियो । गत आवको १० महिनामा चाहिँ वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २५५ जना बाहिरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ जना रोजगारीका लागि विदेश गएका छन् । मङ्सिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ जना रोजगारीका लागि विदेश गएका छन् ।
त्यस्तै माघमा ६२ हजार १४७ जना, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र वैशाखमा ७० हजार ६३७ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ । आर्थिक वर्ष २०६५–६६ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या २ लाख १९ हजार ९६५ थियो । १४ वर्षपछि यो सङ्ख्या बढेर पौने ८ लाख पुगेको छ ।
आर्थिक वर्ष २०६६\६७ मा २ लाख ९४ हजार ९४, आ.व २०६७\६८ मा ३ लाख ५४ हजार ७१६, आ.व २०६८\६९ मा ३ लाख ८४ हजार ६६५ र आ.व २०६९\७० मा ४ लाख ५० हजार ८८९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । आ.व २०७०\७१ मा ५ लाख २७ हजार ८१४, आ.व २०७१\७२ मा ४ लाख ९९ हजार १०२, आ.व २०७२\७३ मा ४ लाख ३ हजार १७४, आ.व २०७३\७४ मा ३ लाख ८३ हजार ४९३ र आ.व २०७४\७५ मा ३ लाख ५४ हजार ८२ जना नेपाली वैदेशिक रोजगारीमा ।गएका थिए ।
आ.व २०७५\७६ मा २ लाख ३६ हजार २०८, आ.व २०७६\७७ मा १ लाख ९० हजार ४५३, आ.व २०७७\७८ मा ७२ हजार ८१, आ.व २०७८\७९ मा ६ लाख ३० हजार ९७ र आ.व २०७९\८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।
वार्षिक रूपमा हालसम्मकै उच्च रोजगारीमा गएको आव २०७९\८० हो । जति बेला ७ लाख ७१ हजार ३२७ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए ।
गत आ.व.मा वैदेशिक रोजगारीमा जानेमा ६ लाख ६१ हजार १२५ जना पुरुष र ८० हजार १७२ जना महिला नेपाली कामदार छन् । पुरुषतर्फ ४ लाख ५४५ जना र महिला तर्फ ५९ हजार ५५७ जनाले नयाँ श्रम स्वकृति लिएको तथ्याङ्कमा उल्लेख छ ।
गत आ.वमा १४९ देशमा नेपालीहरू काम गर्न गएको देखिन्छ । त्यसमा सबै भन्दा धेरै युएईमा गएको देखिन्छ । उक्त देशमा १ लाख ९३ हजार ४३८ जना नेपाली रोजगारी लागि गएका छन् । यसै गरी दोस्रो नम्बरमा भने साउदी अरब रहेको छ । उक्त देशमा गत आवमा १ लाख ४१ हजार ५०२ जना नेपाली रोजगारको लागि गएका छन् ।तेस्रो नम्बरमा भने कतार रहेको छ । गत आवमा त्यहाँ एक लाख ३४ हजार ६६९ जना नेपाली रोजगारीको लागि गएका छन् ।
यसै गरी मलेसियामा १ लाख तीन हजार ४४२, कुवेतमा ४० हजार ३६८, कोरसियामा १५ हजार ३६४, रोमनियामा १५ हजार २१, जापानमा १३ हजार ८६४ र कोरियामा १३ हजार २६ जना नेपाली रोजगारीमा गएका छन् । यी बाहेक १४० देशमा पनि नेपालीहरू रोजगारीका लागि गएका छन् ।
नेपालमा पर्याप्तमा मात्रामा रोजगारीको अवसर छैन । त्यसले गर्दा बर्षेनी लाखौँ नेपालीले वैदेशिक रोजगारीमा जान बाध्यता छ । त्यहाँ कमाएको पैसा उनीहरूले रेमिट्यान्स मार्फत पटाउँछन् । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आवको ११ महिनामा नेपालमा १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ ।
न्यून रोजगारी वृद्धिदर र स्वदेशी बजारले श्रम शक्ति खपत नगर्दा दिनहुँ करिब २ हजार अर्थात् महिनामा करिब ६० हजार युवा वैदेशिक रोजगारीका लागि देश छाड्न बाध्य छन् । नेपालको बेरोजगारी स्थिति दक्षिण एसियामै सबैभन्दा उच्च छ ।
प्रतिक्रिया