काठमाडौँ - गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको ‘यो मनको चाहना’ बोलको नयाँ गीत शनिबार सार्वजनिक गरिएको छ ।
गीतको शब्द डा। दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डी.बी. लामाको रहेको छ। विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन्।यस गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन् ।
उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्। गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया