नेपाली कलाकार राजश्री श्रेष्ठ मिसेस यूएसए युनिभर्स २०२४ घोषित

शनिबार, २९ भदौ २०८१, १८ : १८

काठमाडौँ - अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको मिसेस यूएसए टुरिज्म २०२४ को उपाधि नेपाली कलाकार राजश्री श्रेष्ठले जितेकी छन् ।

उक्त प्रतियोगितामा उनले उत्कृष्ट मुस्कान २०२४ तथा २०२४ की यूएसए पर्यटन मानव अधिकार सद्भावना दूत समेतमा बाजी मारेकी छिन् । डिसी क्षेत्र मै बसोबास गर्ने राजश्री श्रेष्ठ मिसेस वासिङ्टन डिसी २०२४ की विजेता हुन् ।  ताज पहिरन गर्न पाएकोमा हर्ष व्यक्त गर्दै उनले सबै प्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।

प्रतियोगिता गत सेप्टेम्बर १३ शुक्रबारका दिन डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्समा आयोजना गरिएको थियो ।

शनिबार, २९ भदौ २०८१, १८ : १८

प्रतिक्रिया