यि दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, ३० भदौ २०८१, १० : १९

काठमाडौं- माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज (भदौ ३०) अन्तिम दिन हो । 

यी तीनवटै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि (भदौ ३१) बुक क्लोज गर्नेछन् । अतः आजसम्म कायम इकाइधनीले मात्रै लाभांश पाउन सक्नेछन् ।माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सोही प्रयोजनका लागि हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे शुरू हुनेछ ।

त्यस्तै, गत आवको नाफाबाट आरबीबी म्युचुअल फन्ड –१ ले करसहित ३।८१ प्रतिशत नगद लाभांश र आरबीबी म्युचुअल फन्ड –२ ले करसहित ८।७४ प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।

आइतबार, ३० भदौ २०८१, १० : १९

प्रतिक्रिया