ताजा समाचार

प्रिओपन सेसनमा ९ अंकले बढ्यो नेप्से

आइतबार, ३० भदौ २०८१, ११ : १०

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) ९.९८ अंकले बढेको छ । ९.९८ अंकले बढ्दै नेप्से २६९८.५१ को बिन्दुमा उक्लिएको छ ।

 प्रिओपन सेसनमा सूचकसँगै नेप्सेमा कारोबार रकम पनि ह्वात्तै बृद्धि भएको छ । २६ हजार ८२० कित्ता सेयर किनबेच हुँदा प्रिसेसनमा कारोबरा रकम १ करोड ५३ लाख ८१ हजार रुपैयाँको भयो । यो सेसनमा सबैभन्दा बढी हाइड्रो क्षेत्रका कम्पनीको कारोबार भएको छ । कारोबारमा आएका ६९ कम्पनीमध्ये यस सेसनमा ५१ कम्पनीको मूल्य बढ्यो भने १३ कम्पनीको मूल्यमा गिरावट देखियो । ५ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

लगातार गिरावटका बिच गत साताको अन्तिम कारोबार दिन बिहीबार ७८.३१ अंकले बढ्दै नेप्से २६८८.५३ को बिन्दुमा उक्लिएको थियो । उत्साहपूर्णरुपमा बढेको नेप्सेमा ८ अर्ब १६ करोड ९२ लाख बराबरको कारोबार भएको थियो ।

जसको प्रभाव प्रिसेसनमा समेत देखिएको छ । प्रिसेसनको कारोबारले नेप्सेलाई आज थप उचाईमा पु¥याउने सम्भावना अधिक छ ।

आइतबार, ३० भदौ २०८१, ११ : १०

प्रतिक्रिया