कामना सेवा बैंकले १२ प्रतिशत बोनस दिने

आइतबार, ३० भदौ २०८१, १३ : ४०

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले १२ प्रतिशत बोनस दिने भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट बैंकको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर दिने भएको छ । त्यस्तै चुक्ता पुँजीको ५ प्रतिशत कर सहित ५ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने प्रस्ताव गरेको हो ।

बैंकको हाल ३ अर्ब २८ करोड ११ लाख ६६ हजार बराबरको चुक्ता पुँजी रहेको छ । उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधरणसभामा पेस हुने र सेयर धनीलाई दिने बैंकले जनाएको छ ।

आइतबार, ३० भदौ २०८१, १३ : ४०

प्रतिक्रिया