ताजा समाचार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सोमबार, ३१ भदौ २०८१, ०९ : ५६

काठमाडौँ- कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार ४ सय कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी भएको छ। यो सेयर बैंकका बहाल संस्थापक सेयरधनीले मात्र किन्न पाउनेछन्।

 इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिन भित्र नक्सालको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगलास्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

सोमबार, ३१ भदौ २०८१, ०९ : ५६

प्रतिक्रिया