ताजा समाचार

अपि पावरले ९ प्रतिशत बोनस शेयर दिने

सोमबार, ३१ भदौ २०८१, ११ : ०४

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले ९ प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीले कार्तिक १ गते गौशालामा २१औँ वार्षिक सभा गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि सभाले पास गर्ने जनाएको छ । त्यस्तै सभाले अपिको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडमा १०० प्रतिशत शेयर स्वामित्व रहनेगरी लगानी गर्ने, अपिको बहुमत शेयर स्वामित्वमा रहनेगरि लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना ९९।७ मेघावट० निर्माण गर्ने र ५ जना संचालक समितिको निर्वाचन गर्ने लगायतको सभाको प्रस्ताव रहेको छ ।

सोमबार, ३१ भदौ २०८१, ११ : ०४

प्रतिक्रिया