ताजा समाचार

नबिल बैंकद्वारा ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

सोमबार, ३१ भदौ २०८१, १३ : १२

काठमाडौं - नबिल बैंक लिमिटेडले ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।  

उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण वा संघसंस्थाहरूले पनि किन्न पाउँछन् । नबिल बैंकले प्रतिकित्ता ३०७ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ ।शेयर खरीद गर्न आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिन्छ । बैंकले सो शेयर असोज २ गतेदेखि बिक्री खुला गर्ने जनाएको छ ।

शेयर किन्न इच्छुक लगानीकर्ताहरूले तोकिएका शर्तको अधीनमा रही काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराईज क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र असोज १६ गते अपरान्ह ३ बजेसम्म पेश गर्न सकिनेछ ।


 

सोमबार, ३१ भदौ २०८१, १३ : १२

प्रतिक्रिया