काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबारको अन्तिम मूल्यलाई आधार बनाई बोनस शेयरमूल्य समायोजन गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चार प्रतिशत बोनश शेयरलाई समावेश गरी नयाँ शेयरमूल्य निर्धारण गरेको छ । नयाँ मूल्य अनुसार कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९१८ रुपैयाँ ३७ पैसा कायम भएको छ । यस अघि बजार बन्द हुने बेलामा कम्पनीको शेयरमूल्य ९५५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया